संसदमा गृहमन्त्री श्रेष्ठले गरे रवि लामिछानेको प्रशंसा
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीभित्रको सरुवा बढुवामा पूर्व गृहमन्त्री रवि लामिछानेले मापदण्ड बनाएर दवाव र चलखेललाई रोक्ने काम गरेको भन्दै प्रशंसा गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री श्रेष्ठले आफूले आन्तरिक सुशासन पहिलो शर्त भएकोले सुरक्षा संगठनभित्र दवावको आधारमा पदोन्नती हुने, अवान्छित आर्थिक चलखेलका आधारमा पदोन्नती र सरुवाका कामहरु हुने भन्ने कुरालाई पूरै निषेध गर्ने गरी कदम चालेको बताए । उनले आफू भन्दा अगाडिका गृहमन्त्रीले पनि सो काम गरेकोमा धन्यवाद समेत दिए ।
मन्त्री श्रेष्ठले भने– ‘म भन्दा ठीक अगाडि गृहमन्त्रालयको कार्यभार सम्हाल्नुभएका माननीय सदस्यलाई पनि धन्यवाद दिन चाहन्छु । मैले बुझे अनुसार पदस्थापन र सरुवाजस्ता विषयहरुमा उहाँले पनि एउटा निश्चित मापदण्डका आधारमा काम अगाडि बढाउने दवाव र चलखेललाई भूमिका खेल्न नदिने स्थिति कायम गर्नुभएको थियो । सहिलाई सहि भन्नुपर्छ हामीले उहाँले त्यो संस्कृति देखाउनुभएको थियो । त्यसका निम्ति म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’ मन्त्री श्रेष्ठले यसो भन्दा रवि लामिछाने र रास्वपाका सांसदहरुले समर्थनमा टेबल ठोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो
-
डलरको भाउ बढेको बढ्यै, कसको मूल्य कति ?
-
एलियान्जमा चम्किए ह्यारी केन, दोस्रो गोल गरेको २ मिनेटमै ह्याट्रिक