मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

केकी र सन्दीपले गरे जुम ब्युटी एकडेमी उद्घाटन

आइतबार, १० असार २०८०, १२ : १०
आइतबार, १० असार २०८०

काठमाडौँ । अभिनेत्री केकी अधिकारी र अभिनेता सन्दीप क्षेत्रीले जुम ब्यूटी एकडेमीको सानो भर्याङ स्वयम्भूमा खुलेको नयाँ शाखा उद्घाटन गरेका छन् । ११ औँ शाखाको रुपमा खुलेको एकडेमीको केकी र सन्दीपले रिवन काट्दै उद्घाटन गरेका हुन् । कार्यक्रममा केकी र सन्दीपले ब्युटी एकडेमीको पछिल्लो समय महत्व बढ्दै भएको भन्दै एकडेमीबाट दक्ष जनशक्ति उत्पादन हुनुपर्ने धारणा राखे । 

कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, महाराजगञ्ज, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखा खुलेका छन् ।  गुणस्तर युक्त प्रविधि, सेवामूलक र सम्पूर्ण सुविधा सम्पन्न जुम ब्युटी एकेडेमीमा दक्ष अनुभवी सौन्दर्यकर्मीद्वारा प्रशिक्षणको अलवा सेवा समेत प्रदान गरिन्छ । एकडेमीका सञ्चालक जुनु चक्रधर र कृष्प त्वानावासुले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप