पोखरामा चट्याङ लागेर एकको मृत्यु
आइतबार, १० असार २०८०, ११ : ४४

कास्की । पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङको प्रहारबाट विक बेहोस भएका थिए । घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले उहाँको उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएको थियो । उहाँलाई अस्पतालले आज बिहान २ः२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु
-
पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु
-
बबरमहलमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु, दुई घाइते
-
लजमा जुवातास खेलिरहेका १३ जना पक्राउ
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?