प्रदेश सञ्चार विधेयक स्वतन्त्रताविरोधी हुँदैन : मुख्यमन्त्री पाण्डे
पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र र निष्पक्ष पत्रकारिता नै लोकतन्त्रको बलियो आधार भएको बताएका छन् । नेपाल प्रेस युनियन पर्वतको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता पेसाले समाज र राष्ट्रलाई सही दिशामा हिँडाउन खबरदारी गरिरहेको बताए । उनले पत्रकारिता पेसा निष्पक्ष र स्वतन्त्र तथा तटस्थ नभए लोकतन्त्र नै सङ्कटमा पर्ने बताए ।
उनले पछिल्लो समय केही सीमित सञ्चारकर्मीका कारण सिङ्गो प्रेस आलोचित बन्दै गएको बताउँदै यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ल्याउन लागेको सञ्चार विधेयक स्वतन्त्रताविरोधी नहुने स्पष्ट पारे । उनले सञ्चार विधेयक ल्याएर प्रदेशका सबै सञ्चारमाध्यम र सञ्चार क्षेत्रको व्यवस्थापनमा सरकार लागेको बताउँदै विधेयकमा सञ्चारमाध्यमलाई कुनै अङ्कुश नलगाइने बताए । उनले अन्य क्षेत्र जस्तै सञ्चार जगत्मा पनि नियमनको आवश्यकता रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री पाण्डेले सीमित स्रोत र साधनका बीच प्रदेशको बजेट सबै जिल्लामा पहुँच पुग्नेगरी वितरण गरिएको दाबी समेत गरे । प्रदेशका ११ जिल्लाबाट छनौट भएर आएका अधिकांश योजनालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आम सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा तीनै तहका सरकार उदार हुन नसकेको बताए । उनले सञ्चारमाध्यमको विकास र विस्तारबाट मात्रै यो मुलुकको लोकतन्त्र संस्थागत हुने बताउँदै यसको सङ्कुचनमा नलाग्न आग्रह गरे ।
सो अवसरमा हरि मखमली प्रेस युनियन पत्रकारिता पुरस्कारबाट स्थानीय र राष्ट्रियस्तरका गरी १० जना पत्रकारलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, कांग्रेस पर्वतका सभापति युवराज जोशी, प्रदेश सांसद डिल्लीराम सुवेदी, रेखा गुरुङ, कांग्रेस पर्वतका पूर्वसभापति नवराज गुरुङ, पूर्वजिल्ला सचिव विश्वप्रकाश प्रसाईँ, प्रेस युनियनका केन्द्रीय सदस्य माया अधिकारी, पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापा, टे«ड युनियन कांग्रेसका अध्यक्ष सुरेन्द्र केसीलगायतले आफ्ना भनाइ राखे । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’