सरकार परिवर्तन हुने सम्भावना एक प्रतिशत पनि छैन : सचिव आचार्य
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले तत्काल आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन् । उनले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको टिप्पणी गरे ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले सरकार परिवर्तन हुने सम्भावना एक प्रतिशत पनि नभएको दाबी गरे । उनले भने,‘एकथरि विद्वानहरूले भनेको सुन्छु की कांग्रेस सभापति शेरबहादुर देउवाजी सिंगापुरमा जानुभयो, सिंगापुरमा सरकार परिवर्तन गर्नेबारे सबै सोलोडोलो योजना बनिसके, त्यसको लागि कमा र फूलस्टप पनि काम बाँकी छैन भन्ने र उहाँ फर्किएपछि सरकार बन्छ भन्ने पनि हल्ला छ, तर यो सरकार फेरेर तात्त्विक फरक के हुन्छ ?’
साक्षात्कारमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार नफेरिने र गठबन्धन पनि नफुट्ने दाबी गरे । उनले भने,‘मलाई यो गठबन्धन टुटफुट हुन्छ अनि सरकार फेरिन्छ । भन्ने लाग्दैन । अर्को सरकार बनिहाल्छ भन्ने मलाई एक प्रतिशत पनि लाग्दैन । यदि मानिलिऊँ फेरियो भने के हुन्छ ? यो तावाको तापले उफ्रिएको माछा आगोको भुङ्ग्रोमा भनेजस्तै हो । हामी अस्थिरताको शिकार हुन्छौँ । यदि कसैले सरकार फेर्न खोजेको छ भने अस्थिरता सुरु गरौँ भन्नु हो । अर्को ६ महिनापछि अर्को खेल सुरु गर्नुपर्छ । यसो गरियो भने मुलुक अस्थिरताको शिकारतर्फ जान्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता