कांग्रेस एमालेसँग मिलेर सरकार बनाउन लागेको हल्लामात्र हो : कांग्रेस नेता यादव

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले वर्तमान सरकार परिवर्तन गर्ने आफूहरूको कुनै तयारी र योजना नरहेको स्पष्ट पारेका छन् । उनले कांग्रेस एमालेसँग मिलेर सरकार बनाउन लागिपरेको भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै त्यसलाई हल्लाको संज्ञा दिएका हुन् ।
राजधानीमा आयोजित साक्षात्कारमा यादवले वर्तमान सरकार बनाउनको लागि कांग्रेसकै भूमिका निर्णायक भएको भन्दै सरकार परिवर्तन गर्ने कुरा हल्ला र मिथ्या भएको टिप्पणी गरे । उनले भने,‘सरकार बनाउनको लागि कांग्रेसले निर्णायक भूमिका खेलेको छ । यो गठबन्धनको अभिभावक कांग्रेस हो । अहिले कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ, त्यसमा कुनै सत्यता छैन । यो हल्ला हो । निराधार कुरा हो । यसमा कुनै सत्यता छैन । यो मिथ्या हो । यो सरकार स्थायी छ । पाँचै वर्ष यही गठबन्धनको सरकार टिक्छ ।’
उनले अहिलेको संसद्को बनोटले पनि कुनै एक दलले सरकार चलाउने अवस्था नभएकोले आफूहरू गठबन्धनको कल्चरमा गएको स्पष्ट पारे । उनले भने,‘अहिलेको गठबन्धन खाली सरकार बनाउनको लागि मात्रै गठबन्धन बनेको होइन । यो गठबन्धन नेपालको राजनीतिक स्थिरताको लागि बनेको हो । राजनीतिक लक्ष्य प्राप्त गर्नको लागि बनेको हो । राजनीतिक स्थिरता र विकास निर्माणको लागि अनि देशको प्रगतिको लागि नै वर्तमान गठबन्धन बनेको हो । यो गठबन्धन पाँच वर्ष टुट्दैन । बरु मुलुकको राज्य सञ्चालनमा नेतृत्वदायी भूमिका खेल्छ । बहुदलीय व्यवस्था छ । लोकतान्त्रिक व्यवस्था छ, सबैले आफ्ना आफ्ना धारणा राख्ने स्वतन्त्रता छ । त्यही भएर कसैले आफ्नो कुरा राख्नुभएको होला । तर, मलाई लागिराखेको छ यो सरकारले मुलुकको लागि स्थिरता दिन्छ । अहिले राजनीतिक स्थायित्व छ । हाम्रोबीचमा सहमति भएको छ । यो सरकार दायाँबायाँ पटक्कै हुँदैन ।’
उनले अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै नै राम्रो बजेट ल्याएको भन्दै प्रशंसा गरे । उनले भने,‘मलाई लाग्छ यो बजेट ०४८ सालपछि राम्रो बजेट हो । यो राम्रो बजेट बनेको छ। तर, यहाँ विरोधको लागि विरोध गरिएको छ । यो बजेट पहिलेको भन्दा धेरै नै राम्रो छ । कृषि क्षेत्रमा राम्रो बजेट छ । बजेटले व्यापार घाटा न्यूनीकरण गर्न र रोजगारी बढाउन सघाउँछ । कृषि क्षेत्रमा प्रगति गर्छ । बजेटमा तलमाथि हुने सम्भावना छैन । आउने दिनमा बरु के÷कसो गर्दा राम्रो हुन्छ भनेर नेतृत्व तहमा छलफल होला । तर संशोधन हुन्छ जस्तो मलाई लाग्दैन । बजेट पास हुन्छ ।’ सो क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमण सफल भएको पनि चित्रण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई परीक्षा : गोलाप्रथाद्वारा केन्द्राध्यक्ष तय गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण
-
चैतमा ८ फिल्म : स्टारको दबदबा र कथामा भेराइटी
-
आईपीएल सुरु हुनुअघि कोलकातालाई झट्का, घाइते भए तीव्र गतिका बलर
-
किसान र शिक्षकको योगदानलाई समाजले कदर गर्न जानेन कि !
-
सचिन तेन्दुल्करको कप्तानीमा रहेको भारतले जित्यो आईएमएलको उपाधि
-
गेटामा मेडिकल विश्वविद्यालय : राजनीतिक प्रतिबद्धताको बाढी, प्रगति सुस्त