राक्सिराङले ल्यायो ५७ करोड ८८ लाखको बजेट

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५७ करोड ८८ लाख ९७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार बसेको गाउँसभामा पालिका उपाध्यक्ष वनस्तम थिङले आगामी वर्षको आम्दानी र खर्चको अनुमान पेश गर्दै चालु वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि १० करोड रुपैयाँ घटाएर बजेट ल्याएको हो ।
राक्सिराङले चालू वर्षमा ६६ करोड रुपैयाँको बजेट ल्याएर विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि संघीय र प्रदेशबाट प्राप्त हुने अनुदानमा कटौती भएपछि बजेटको आकार पनि घटेको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।
राक्सिराङले आगामी आर्थिक वर्षका लागि पुँजीगत तर्फ २४ करोड ५३ लाख ६५ हजार रुपैयाँ र चालुतर्फ ३५ करोड ४१ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले सामाजिक विकास तर्फ २२ करोड ६७ लाख ७८ हजार रुपैयाँ, शिक्षातर्फ १५ करोड ७२ लाख रुपैयाँ भौतिक पूर्वाधार तर्फ सडक, पुल तथा झोलुङ्गे पुल निर्माणका लागि ४ करोड ९९ लाख रुपैयाँ, पूर्वाधार विकास तर्फ ७ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
भवन तथा सहरी विकास तर्फ १ करोड ३० लाख रुपैयाँ, खानेपानी तर्फ १ करोड ६० लाख रुपैयाँ, स्वास्थ्यतर्फ ४ करोड ७० लाख रुपैयाँ, कृषि तर्फ १ करोड ७२ लाख रुपैयाँ, विपद् व्यवस्थापन तर्फ ४० लाख रुपैयाँ, उद्योग, रोजगारी प्रवर्द्धन तर्फ २५ लाख रुपैयाँ, सञ्चार तथा सूचना प्रविधि तर्फ ३३ लाख रुपैयाँ, महिला बालबालिका, तर्फ २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
राक्सिराङले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक स्रोतबाट ५ करोड ४ लाख ९५ हजार रुपैयाँ, संघीय सरकारबाट जम्मा ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ प्राप्त, प्रदेश सरकारबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ, स्थानीय राजस्व सङ्कलनबाट २ करोड ४५ लाख रुपैयाँ खर्च बेहोर्ने स्रोत प्राप्त हुने लक्ष्य राखेको छ ।
राक्सिराङले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण गर्ने, आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र गुणस्तरीय बनाउने, राक्सिराङमा बसाई सरी आउनेलाई घर उपहार कार्यक्रम सञ्चालन गर्ने, औद्योगिक ग्राम स्थापना गर्ने, चट्याङ न्यूनीकरणका लागि ‘लाइटनिङ आरेस्टर तडित निरोधक’ जडानको लागि अनुदान दिने लगायतका कार्यक्रमहरू बजेटमा समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त