आईसीसी एकदिवसीय विश्वकप छनोट
सन्दीपले लिए नेदरल्यान्ड्सको पहिलो विकेट
शनिबार, ०९ असार २०८०, १७ : २४

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको नेदरल्यान्ड्सविरुद्घ शनिबार भएको खेलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालका स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।
सन्दीपले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान बिक्रमजित सिंहलाई ३० रनमा एलबीडब्लू आउट गराए । एक सय ६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १३ ओभरमा एक विकेट गुमाएर ८६ रन बनाएको छ । नेदरल्यान्ड्सलाई जितका लागि ३७ ओभरमा ८२ रन आवश्यक छ ।