बागलुङमा नक्कली परीक्षार्थी पक्राउ

बागलुङ । सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो ।
पर्वको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हबल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी रुपन्देही निवासी सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षा स्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए ।
नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत रहेका छन् भने सशस्त्र प्रहरी बलको सहायक हबल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्रवाहिनीमा कार्यरत रहेका छन् । नेपालीलाई अनुसन्धका लागि बोलाउने तयारी भइरहेको प्रनाउ केसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै सनीको ‘जाट’
-
‘कतारमा राजनीति र समाजसेवीको नाममा ठगीका गिरोह सक्रिय छन्’
-
नागरिकलाई भूमि अधिकार उपलब्ध गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी
-
इजरायलले गाजाको अस्पतालमा आक्रमण गरेको हमासको दाबी
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सुरु, रिपोर्ट घरबाटै हेर्न सकिने
-
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास