गाउँघरका भोजमा दलित र गैरदलितका छुट्टाछुट्टै भान्सा
लमजुङ–नेपाल सरकारले २०६३ सालवाटै छुवाछुत मुक्त राष्ट्र घोषण गरी २०६८ सालवाट काुननी रुपमानै लागु भएता पनि लमजुङका कतिपय गाउँबस्तीहरुमा दलित र गैरदलित समुदाय विचको अन्तर भने कायम नै रहेको छ ।
जिल्लाका विभिन्न दलित समुदायका गाउँबस्तीमा हुने विवाह, ब्रतबन्ध, पुजाअर्चना जस्ता शुभकार्यका भोजमा अहिले पनि दलित र गैह्रदलितका बेग्ला–बेग्लै भान्सा लगाउने चलन रहिआएको छ । दलित र गैह्रदलित समुदायका विच अझैपनि जातिय विभेद र छुुवाछुत कायमै रहेकाले भोजभतेरमा पनि बेग्ला–बेग्लै भान्सा लगाउने गरिएको बताईएको छ । दलित समुदायले पकाएको खानाका परिकार गैह्रदलित समुदायले नखाने भएपछि उनीहरुको लागि छुट्टै भान्साको व्यवस्था गर्ने चलन रहेको छ ।
दलित समुदायमा हुने भोजमा गैह्रदलित पाहुनालाई भान्सामा आवश्यक चामल, दाल, तरकारी, नुन, तेल, मसला, माछा, मासु जस्ता सामाग्रीको व्यवस्था गरिदिने र उनीहरुले बेग्लै पकाएर खाने गरेको बताईन्छ । आफुहरुले पकाएको गैह्रदलित छरछिमेकले नखाने भएपछि मनमुटाव नआओस् र वर्षौंदेखिका ईष्ट, नाताले मन नदुखाउन् भन्ने सोंचले छुट्टै भान्साको व्यवस्था गरिदिने बुझिएको नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष प्रेम रम्तेलको भनाई छ ।
दलित समुदायको भान्सामा राँगो, भैंसी, सुँगुर, बंगुर जस्ता पशुको मासु बनाउने र गैह्रदलित समुदायलाई जाति अुनसार राँगो, खसी, बोका लगायत पशु दिने चलन रहेको दलित समुदायका अगुवाहरु बताउँछन् ।
सरकारी कार्यालय, सामाजिक संघसंस्था, विद्यालयमा कार्यरत् वा व्यापार व्यवसाय गर्दै आएकाहरु समेत गैह्रदलितको भान्सा खोज्दै हिड्ने अवस्था कायमै रहेको युवा परिषद् लमजुङका अध्यक्ष एवं दलित अधिकारकर्मी विवश बुढाथोकी बताउँछन् ।
दलित समुदायका साथीभाईको बिहेमा गाउँघरमा सँगै जन्त जाने तर दुलहीको घरमा पुगेपछि गैह्रदलित समुदायका साथीहरु छुट्टै भान्सामा छिरेर भोजखाने गरेको धेरैपटक आफुले भोगेको उनको भनाई छ ।
‘साकाहारी र मांशहारीका लागि छुट्टा–छुट्टै भान्साको व्यवस्था हुनु बेग्लै कुरा,’ बुढाथोकीले भने, ‘अहिलेको युगमा पनि जातकै आधारमा बेग्ला–बेग्लै भान्सा हुनु साह्रै लाज लाग्दो कुरा हुनुपर्ने हो तर यहाँ चलिरहेकै छ ।’ आफुहरुले धेरै ठाउँमा जाँदा यस्तो गतिविधिका विरुद्धमा कुरा उठाउँदै आएको तर यो विषयले कहींकतै प्राथमिकता पाउन नसकेको उनी बताउँछन् । यसका विरुद्धमा खुलेर चर्चा, परिचर्चा, अन्र्तकृया र बहस हुन नसक्दा यसले सँस्कारको मान्यता पाउँदै गएको उनको बुझाई छ ।
विहे लगायतका शुभकार्यमा हुने भोजभतेरमा मात्रै नभई मेलापातमा समेत विभेदजन्य गतिविधि र व्यवहार हुने गरेको दलित समुदायको गुनासो रहेको छ । दलित समुदायको काममा जाँदा समेत गैह्र दलित खेतलाको लागि समेत बेग्लै खाजाको व्यवस्था गर्नुपर्ने वाध्यता रहेको बताईएको छ ।
सहरबजार र बजार आसपासका गाउँवस्तीमा क्याटरिङको व्यवस्था गरिएको ठाउँमा भने विभेदजन्य गतिविधि नदेखिने बताईएको छ । सबै ठाउँमा क्याटरिङको व्यवस्था गर्न नसकिने र संभव पनि नहुने भएकाले सामाजिक रुपमै यसको समाधान खोज्ने तर्फ लाग्नु पर्ने अधिकारकर्मी बुढाथोकी बताउँछन् ।
जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहेकोमा बजारक्षेत्र बाहिरका अधिकाँश गाउँवस्तीका दलित समुदायमा यो चलन रहेको बुझिएको मानव अधिकारकर्मी एवं दलित सेवा संघका अध्यक्ष दलबहादुर मजाकोटीको भनाई छ । जातियविभेद र छुवाछुत कानुनीरुपमा दण्डनीय र सामाजिक रुपमा अमानवीय कार्य भएपनि खुल्लेआम विभेदजन्य कार्य भईरहेको उनको बझुाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान
-
‘उकाली ओराली’ गीत गाउँदै सोनु निगमले भने,‘नेपाली फ्यान भेट्न आतुर छ ’