‘विद्रोह’ पछि राष्ट्रपति पुटिनको निशानामा वाग्नर समूह, कम्पनीको कार्यालयमा छापा

मस्को । रुसको स्थानीय समाचार एजेन्सी फोन्टान्काका अनुसार सेन्ट पिटर्सबर्गमा रहेको वाग्नर समूहको कार्यालयमा छापा मारिएको छ । रिपोर्टका अनुसार दंगा प्रहरी, नेशनल गार्डका दुईवटा बस कार्यालयबाहिर पुगेका छन् र सादा लुगा लगाएका मानिसहरु भित्र पसेका छन् । फोनटान्काले शनिबार आफ्नो टेलिग्राम च्यानलमा यो छापा मारेको जानकारी दिएको हो ।
समाचार एजेन्सीका अनुसार मास्क लगाएका र स्वचालित राइफलसहित सशस्त्र व्यक्तिहरू सेन्ट पिटर्सबर्गको ब्लागोभेसचेन्स्की ब्रिज नजिकै वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग जोडिएको होटल र रेस्टुरेन्टको घरमा तैनाथ थिए। एजेन्सीले पछि सुरक्षाा एजेन्सीहरू वाग्नर समूहकाे मुख्यालय मा प्रवेश गरेको भिडियो जारी गरेको थियो ।
यससँगै वाग्नर चीफसँग सम्बन्धित सम्पति नजिकै उभिएका सशस्त्र व्यक्तिका तस्बिरहरू पनि सार्वजनिक भएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रोस्तोभ सहरमा वाग्नर समूहको कारबाहीपछि देशलाई सम्बोधन गरेका छन् । उनले केही रुसी नागरिकलाई आपराधिक गतिविधिमा संलग्न गराउन उक्साइएको बताए । यद्यपि उनले वाग्नर समूहका विद्रोही लडाकुहरूमध्ये कुनै पनि नाम उल्लेख गरेका छैनन्।
पुटिनले रुसको भविष्य खतरामा रहेको पनि बताए । उनले विद्रोहीको गतिविधिलाई ‘पिठमा छुरा प्रहार’ भनेका छन् । आफ्नो सम्बोधनमा वाग्नर समूहका मालिक येभगेनी प्रिगोजिनको नाम नलिई उनले केही व्यक्तिहरूको उच्च महत्वाकांक्षाले ठूलो धोका दिएको जिकिर गरे । रुसी समाजलाई विभाजित गर्न खोज्नेलाई अवश्य कारबाही गरिने पनि रुसी राष्ट्रपतिले बताए ।
येभगेनी प्रिगोजिनले २०१४ मा वाग्नर समूह स्थापना गरेका थिए। उनले यो समूह रुसी जनताको सुरक्षाका लागि सिर्जना गरिएको दाबी गरेका थिए । उनले आफ्नो कम्पनीलाई 'रूसको स्तम्भ' भनेर वर्णनसमेत गरेका थिए । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन