नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँचौं विकेट खस्यो

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्धको खेलमा पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटका रुपमा कुशल मल्ल १२ रन बनाउँदै आउट भएका हुन् । उनलाई आर्यन दत्तले तेजा निदामनुरुमार्फत क्याच गराए । कुशल मल्लले १९ बलको सामना गरी एक चौका हिर्काएका थिए ।
त्यसअघि चौथो विकेटका रुपमा भीम सार्की आउट भएका थिए । भीमको विकेट क्लेइटन फ्लाइडले लिएका हुन् । फ्लोइडले भीमलाई २२ रनमा सारिज अहमदद्वारा क्याच गराए । आउट हुनुअघि भीमले ५६ बलको सामना गरी एक चौका हिर्काएका थिए । भीम आउट हुँदा नेपालले १८.१ ओभरमा ६६ रन बनाएको थियो ।
त्यसअघि तेस्रो विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट बिक्रमजित सिंहले लिएका हुन् । सिंहले आरिफलाई ६ रनमा भान विकद्वारा क्याच गराए । १६।१ ओभरमा टोलीको कूल स्कोर ५४ रन हुँदा नेपालको तेस्रो विकेट खसेको हो । त्यसअघि नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशलको विकेट बिक्रमजित सिंहले लिए । सिंहले कुशल भुर्तेललाई २७ रनमा विकेटकिपर एडवार्डसद्वारा क्याच गराएका थिए । कुशल भुर्तेलले ४२ बलको सामना गरी दुई चौका हिर्काए । दोस्रो विकेट खस्दा नेपालले १४.५ ओभरमा ४६ रन बनाएको थियो ।
त्यसअघि नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट नेदरल्यान्ड्सका बलर लोगन भान विकले लिएका हुन् । आसिफ शून्य रनमै बोल्ड भए । पहिलो विकेट खस्दा नेपाल २.२ ओभरमा सात रन बनाएर खेल्दै थियो । नेपालले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको एक वर्षको आम्दानी : १४ करोड ७९ लाख रुपैयाँ
-
मन्त्रीका स्वकीय सचिवको मृत्यु प्रकरण : संसदीय छानबिन गर्न तीन दलको माग
-
अमेरिकाले फेरि संघीय कर्मचारीको कटौती गर्दै अमेरिका
-
भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्दैछौँ : गृहमन्त्री
-
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन
-
सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकविरुद्ध सडकमा प्रेस सेन्टर