आईसीसी एकदिवसीय विश्वकप छनोट
१० ओभरमा नेपालको एक विकेट गुमाएर २३ रन
शनिबार, ०९ असार २०८०, १३ : ३२

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्घ १० ओभरमा एक विकेट गुमाएर २३ रन बनाएको छ । कुशल भुर्तेल १५ रन र भीम सार्की सात रन बनाउँदै क्रिजमा छन् । नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट नेदरल्यान्ड्सका बलर लोगन भान विकले लिएका हुन् । आसिफ शून्य रनमै बोल्ड भए । पहिलो विकेट खस्दा नेपाल २।२ ओभरमा सात रन बनाएर खेल्दै थियो ।
नेपालले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पष्टीकरणमा कुलमानको उल्टै चुनौती
-
एमालेको एक वर्षको आम्दानी : १४ करोड ७९ लाख रुपैयाँ
-
मन्त्रीका स्वकीय सचिवको मृत्यु प्रकरण : संसदीय छानबिन गर्न तीन दलको माग
-
अमेरिकाले फेरि संघीय कर्मचारीको कटौती गर्दै अमेरिका
-
भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्दैछौँ : गृहमन्त्री
-
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन