आदिपुरुषको हरिबिजोग, आठौँ दिनको कलेक्सन ३.२५ करोड मात्र

मुम्बई । विवादित चलचित्र आदिपुरुषको कलेक्सन नाटकीय रूपमा ओरालो लागेको छ । दर्शक हलमा नआएपछि निर्माताले २२ र २३ जुनको लागि टिकटको रकम घटाउने उपहार ल्याएका थिए । तर यो फन्डाले पनि काम नगरेपछि निर्माता निराश बनेका छन् ।
प्रारम्भिक तथ्यांक अनुसार आदिपुरुषले आठौँ दिन मात्र ३.२५ करोड कमाएको छ । जबकि कुल कमाई २६३.१५ करोड पुगेको छ । तर, आगामी दिनमा आदिपुरुषको कमाई हेर्दा फिल्मले भारतमा ३०० करोडको आँकडा पार गर्न मुस्किल पर्ने देखिन्छ ।
कलेक्सनको कुरा गर्दा पहिलो दिन चलचित्रले ८६.७५ करोड, दोस्रो दिन ६५.२५ करोड, तेस्रो दिन ६९.१ करोड, चौथो दिन १८ करोड, पाँचौँ दिन १०.७ करोड, छैटौँ दिन ७.२५ करोड सातौँ दिनमा ४.८५ करोड कमाई गरेको थियो ।
यसपछि पहिलो साता भारतमा फिल्मको कुल कमाई २५९.९ करोड पुगेको छ । आदिपुरुषको विश्वव्यापी बक्स अफिस कलेक्शन भने ४०० करोड नाघेको छ ।
जुन १६ मा रिलिज भएको आदिपुरुष रामायणबाट प्रेरित भएको बताइएको छ । जसका कारण रिलिज हुनुअघि नै फिल्मको चर्चा चुलिएको थियो । तर फिल्म रिलिज हुने बित्तिकै संवाद र दृश्य देखेर फ्यानहरू भड्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ