पोखरीमा डुबेर दुई बालकको मृत्यु
शुक्रबार, ०८ असार २०८०, २२ : ०४

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर आज दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए ।
पोखरीमा डुबेका करिब १३र१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली केहीबेर अघिमात्रै घटनास्थलमा पुगेको छ । गर्मी छल्नका लागि बालक पोखरीमा पौडी खेल्न जाँदा दुर्घटना भएको बुझिएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
-
जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने
-
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू