बाढी, पहिरो र सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण
शुक्रबार, ०८ असार २०८०, २१ : १७

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको शून्य समयमा सांसदहरुले बाढी, पहिरो र सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरु हितराज पाण्डे, एकनाथ ढकाल, राजेन्द्र बजगाईँ र रामहरि खतिवडाले विपद् जोखिम न्यूनीकरणका लागि र सडक निर्माणका क्रममा पर्याप्त ध्यान नदिइएकाले यस्तो समस्या आएको बताएका हुन् ।
उनीहरुले असार आएपछिको विकास निर्माण गर्ने प्रवृत्ति अन्त्य गर्न पनि आग्रह गरे ।
सांसद राजेन्द्र बजगाईँले गोरखामा भएको बोलेरो दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । गोरखामा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
यस्तै उनले नेपाली रसियन र युक्रेन सेना र कतार प्रहरीमा भर्ती भइरहेको बारेमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?