उपप्राध्यापक चलाउनेको अनसन तोडियो
शुक्रबार, ०८ असार २०८०, २० : ५४
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आज अनसन तोडेका छन्। पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनसन बस्दै आएकी चलाउनेलाई चितवनकी होमकुमारी बरालले चलाउनेलाई दही खुवाएर अनसन तोडाएकी हुन् ।
मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी सङ्घ (विसङघ)का कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनसन बसेका थिए । चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होमकुमारी बरालले नै बचाएकी थिइन् । उनी आजै चितवनबाट काठमाडौँ आएकी थिइन् ।
सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएपछि उनले अनसन स्थगित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने