एसियाडका लागि नेपाली गल्फरले भारतमा तयारी गर्ने

काठमाडौँ । चीनमा आयोजना हुने १९ औं एसियाडको तयारी लागि नेपालका गल्फ खेलाडीले भारतको बैंग्लोरमा प्रशिक्षण गर्ने भएका छन् । चीनको हाङ्झाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि एसियाड शुरु हुँदैछ ।
नेपालका चार पुरुष सुवास तामाङ, सद्भाव आचार्य, शुक्रबहादुर राई र युवराज भुजेल तथा दुई महिला काश्मिरा शाह र सुश्मा सिग्देलले उक्त एसियाडमा प्रतिष्पर्धा गर्दैछन् । नेपाली खेलाडीले बंैग्लोरको कोलारस्थित तरुण सार्देसाई गल्फ एकेडेमीमा बन्द प्रशिक्षण गर्ने नेपाल गल्फ संघका अध्यक्ष टासी घलले जानकारी दिए । संघले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै ६ खेलाडी र एक प्रशिक्षकसहितको टोलीलाई बिदाइ गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई बिदाइ गरे । पुरुषमा १३ औं दक्षिण एशियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवाससहित सद्भाव र युवराज तथा कश्मिरा र सुश्माले आइतबारदेखि एसियाडको तयारी थाल्नेछन् । शुक्रबहादुर भने हाल जर्मनीको ब्रेस्डेनमा प्रशिक्षण गरिरहेका छन् । उनी भने एक महिनापछि बंैग्लोरको प्रशिक्षणमा सहभागी हुने संघले जनाएको छ ।
उक्त बन्द प्रशिक्षणका लागि नेपाल शनिवार बैंग्लोर प्रस्थान गर्ने संघले जानकारी दिएको छ । उनीहरूले आगामी सेप्टेम्बर २० सम्म एकेडेमीमा प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । बन्द प्रशिक्षणमा फिटनेस परीक्षण र हरेक हप्ता प्रतियोगिता पनि हुने प्रशिक्षक दीपक आचार्यले जानकारी दिए ।
यही बन्द प्रशिक्षणकै दौरान सुवास र सद्भावले सिंगापुरमा आगामी जुलाई १५ देखि १९ सम्म आयोजना हुने सिंगापुर एमेच्योर ओपनमा पनि प्रतिष्पर्धा गर्ने योजना रहेको संघले जनाएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले १९ औं एसियाडलाई नै केन्द्रित गरेर राखेपले गल्फ खेलाडीमा लगानी गर्दै आइरहेको उल्लेख गर्दै यो खेलबाट पनि पदकको आशा गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह