सनराइज बैंकद्वारा अंगभंग भएका व्यक्तिहरुलाई कृतिम अंग प्रदान

काठमाडौँ । सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत मधेश प्रदेशको वीरगंजमा अंगभंग भएका २० जनालाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ ।
रोटरी क्लब, वीरगन्जमा बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले सीआरएस प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई रु दुई लाख पचहत्तर हजारको चेक हस्तान्तरण गरे ।
उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो । कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै सन्राइज बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए ।
सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुनमै विवाह गर्दै अस्मिता र महेश
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरकोआँगनभित्र छिर्यो, एकको मृत्यु
-
हिमालको फेदबाट सुशासन सिकाइरहेको नार्पाभूमि
-
स्पष्टीकरणमा परेसँगै कुलमानको विज्ञप्ति : मन्त्रीसँग म्याण्डेट लिइएको थियो