धादिङ र रौतहटमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौँ । धादिङ र रौतहटमा सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएका दुर्घटनामा परेर २ जनाको मृत्यु भएको हो । धादिङको गल्छी गाउँपालिका–७ गल्छीमोडस्थित सडकमा काठमाडौँबाट भारत राजस्थानतर्फ जाँदै गरेको एआर ०६ इ ७०३१ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार भारत राजस्थान बस्ने सिमा पारिककी छोरी १२ वर्षीया कल्पना पारिकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको गल्छीस्थित अम्बिभरोसा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रौतहटको वृन्दावन नगरपालिका–७ धमैरास्थित सडकमा प्र.२.०३–००७ प ६०३३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय जादोलाल पासवान रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको गरुडास्थित हेल्थ ल्याण्ड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको गरुडास्थित अनमिका अस्पताल हुँदै थप उपचारको लागि केएमसि अस्पताल काठमाडौं पठाइएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’