८ औं कान्तिपुर हिसान एडु फेयर पुनः सञ्चालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बन्द गराएको ८ औं कान्तिपुर हिसान एडु फेयर पाटन उच्च अदालतबाट अनुमति पाएसँगै पुनः सञ्चालन भएको छ ।
शुक्रवारबाट मेला शुरु भएको हो । शैक्षिक मेला असार ८, ९ र १० गते सञ्चालन हुनेछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा भइरहेको मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिन सक्नेछन् ।
मेलामा बोल्दै हिसानका उपाध्यक्ष एवं मेला संयोजक टंकराज आचार्यले जिज्ञासु विद्यार्थी र अभिभावकहरुलाई नेपालका शिक्षालय र तिनले प्रदान गर्ने गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउन मेला आयोजना गरिएको बताए । उनले १० गतेसम्म चल्ने मेलामा ७५ भन्दा बढी शिक्षालय, विद्यालय, विश्वविद्यालयहरु सहभागी हुने बताए ।
गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौँ महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो । आजबाट मेला पुनः सुचारु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव