जेठ महिनासम्म ३ हजार ८ सय विद्युतीय सवारी भित्रिए, ११ अर्ब २३ करोड बाहिरियो

काठमाडौँ । पछिल्लो महिना विद्युतीय सवारी आयातमा तीब्रता आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ महिनामा मात्र ३ हजार ८ सय ७० वटा विद्युतीय कार, भ्यान, जिप आयात भएको हो । पेट्रोलियम गाडीको आयातमा कठिनाई भएसँगै व्यवसायीहरु विद्युतीय गाडीतर्फ आकर्षित भएका हुन् ।
विभागका अनुसार यस अवधिमा अधिकतम् ३ हजार ७५२ वटा १०० किलोवाट भन्दा कम ब्याट्री पावरका विद्युतीय सवारी आयात भएका छन् । यस्तै, १०१ देखि २०० किलोवाट क्षमताका ११६ वटा र २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा विद्युतीय सवारी आयात भएका छन् । यसरी एक महिनामा आयात भएका ३ हजार ८७० वटा विद्युतीय सवारीमा ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ । जसबाट सरकारलाई ३ अर्ब ५ करोड ११ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको समेत विभागले जनाएको छ ।
विद्युतीय गाडीमा भन्सार, अन्तःशुल्क लगायतको ट्याक्स कम हुँदा सरकारलाई राजस्वमा ठूलो धक्का लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित