टर्किएमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी
शुक्रबार, ०८ असार २०८०, १२ : १५

टर्किए । इस्तानबुलमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी बिहीबार सम्पन्न भएको छ । आणविक ऊर्जा क्षेत्रको पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न विश्वभरका १,००० भन्दा बढी उद्यमीहरूलाई एकसाथ ल्याएर छलफल गरी सो प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।
टर्किएको ऊर्जा र प्राकृतिक स्रोत मन्त्रालयको सहयोगमा देशको सबैभन्दा ठूलो शहर टर्किएमा बुधबारदेखि शुरु भएको सो कार्यक्रम पाँचौं आणविक ऊर्जा प्लान्ट एक्स्पो र नवौं शिखर सम्मेलनको नाम दिइएको थियो।
यसलाई टर्किए, अफ्रिका र मध्य पूर्वलाई समेट्ने सबैभन्दा व्यापक आणविक ऊर्जा कार्यक्रमको रूपमा बुझिएको छ ।
दुई दिने कार्यक्रममा ऊर्जा क्षेत्रमा सानो मोड्युलर रिएक्टरको भूमिका र आणविक ऊर्जा क्षेत्रमा सक्रिय उद्योगीहरूको अवसर लगायतका विषयमा छलफल गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो