सिरहामा लघुवित्त पीडितको प्रदर्शन

सिरहा । लद्युवित्तबाट पीडितहरुले सिरहाको लहानमा विरोध प्रदर्शन गरेका छन् । लद्युवित्त पीडितहरुले गठन गरेको लद्युवित्त संघर्ष समितिले सिराहा र सप्तरीको सिमानामा रहेको बलान पुलको सिरहा क्षेत्रमा प्रदर्शन गरेको हो । लघुवित्त पीडितहरुले सडक अवरुद्ध गर्दै चर्को नाराबाजीसहित प्रदर्शन गरेका छन् । प्रदर्शनपछि राजमार्गमा चल्ने सवारी साधन अवरुद्ध भएका थिए ।
प्रदर्शनकारीहरुले सडक अवरुद्ध गरेपछि प्रशासनलाई खुलाउन हम्मे हम्मे परेको थियो । प्रदर्शनमा सिरहा र सप्तरीका प्रदर्शनकारीहरु सहभागी थिए । सरकारले समयमै माग पुरा नगरे थप सशक्त आन्दोलन गर्ने पीडितहरुले चेतावनी दिएका छन् ।
यसअघि पनि उनीहरुले देशव्यापी रुपमा आन्दोलन गरेका थिए । त्यसबेला सरकारले मागको सम्बोधन गर्ने आश्वासन दिएको थियो । तर सरकारले माग पुरा नगरेपछि उनीहरु फेरी आन्दोलन गर्न बाध्य भएको प्रदर्शनमा सहभागि एक पीडितले दुखेसो पोखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नईका प्रशिक्षक फ्लेमिङ भन्छन्– ‘बढ्दो उमेर र घुँडाको समस्याका कारण धोनी निरन्तर १० ओभर ब्याटिङ गर्न सक्दैनन्’
-
शिक्षक महासंघलाई शिक्षा समितिको आग्रहः आन्दोलन स्थगन गर्नुहोस्
-
कार्यक्रमकै दौरान ढलेका प्रसिद्ध गायकको मृत्यु
-
प्रधानमन्त्रीको असंसदीय भाषा रेकर्डबाट हटाउन राप्रपाको माग
-
थाइल्यान्डमा यस्तो छ प्रधानमन्त्री ओलीको कार्यक्रम
-
ट्रम्पले भने, ‘नयाँ कर सबै देशहरूमा लागू हुनेछ’, एसियाली सेयर बजारमा गिरावट