बसको ठक्करबाट झापामा एक विद्यार्थीको मृत्यु
बिहीबार, ०७ असार २०८०, २० : ३६

झापा । झापाको केर्खामा यात्रुवाहक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । कमल गाउँपालिका-३ निवासी कमल थापाका ५ वर्षीय छोरा जनम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कमल-३ स्थित क्याम्पस सडक खण्डअन्तर्गत केराधापमा बिहीबार दिउँसो केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे१ख १५१८ नम्बरको बसले विद्यालयबाट घर फर्कँदै गरेका छात्र थापालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते छात्र थापालाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।
बालक थापा स्थानीय कञ्चनजंघा माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लयमा विराट र साई, बेंगलुरुको विजययात्रामा गुराजतले लगाउला त लगाम ?
-
४० नृत्यकारले एकसाता सिके नृत्यकला
-
हिमालको सरसफाइका लागि ‘रेष्ट अफ ब्याग’ लाई अनिवार्य गरिनुपर्छ: आङछिरिङ शेर्पा
-
अमेरिकामा संघीय स्वास्थ्यकर्मीलाई कामबाट निकाल्न थालियो, कार्यालय पुगेकाहरूलाई गेटमै रोकियो
-
बारमा सत्ता र प्रतिपक्षको भिडन्त : दुवैलाई ‘राजावादी वकिल’को काँध
-
‘दुई ठुला शक्ति नेतृत्वमा आउँदा बारको आवाज झन् बुलन्द हुन्छ’