मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने

बिहीबार, ०७ असार २०८०, २० : ०५
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । एनआईसी एशिया बैंकले अब विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ । 

यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिटेन्स रकम बैंकमा रहेको  खातामा डिपोजिट गर्न सक्नेछन् । 

डिजिटल कारोबारमा ग्राहकको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकतालाई सघाउ पुग्नेगरी आएको सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि NICASIAMo Bank भित्रको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफूलाई प्राप्त रकम र Unique PIN  राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप