फरक अभिनय गर्न रुचि छ : दिया पुन
काठमाडौँ । अभिनेत्री दिया पुनले आफूलाई हरेक चलचित्रमा फरक अभिनय गर्न रुचि रहेको बताएकी छन् ।
बिहीबार काठमाडौँमा नेपाली चलचित्र अन्तिम संस्कार सार्वजनिक हुनु पूर्व सन्ध्यामा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उनले आफूलाई धेरै चलचित्रमा काम गर्नुभन्दा गुणस्तरीय चलचित्रमा काम गर्न मन पर्ने बताइन् ।
अभिनेत्री पुनले आफू चलचित्रबाट लामो समय ग्याप हुनुको कारण पनि एउटै अभिनयको अफर आउनु रहेको र नयाँ अभिनय र पात्रका लागि अफर आएपछि मात्रै चलचित्रमा अभिनय गरेको बताइन् । उनले हरेक अभिनय आफूलाई निभाउनका लागि कठिन हुने र आफूले गर्ने अभिनयको अनुसन्धान गरेर मात्रै अभिनय गर्ने गरेको बताइन् ।
कार्यक्रममा अभिनेत्री रेस्मा घिमिरेले अन्तिम संस्कार चलचित्रमा आफूले निभाएको भूमिका चलचित्रका लागि र आफ्ना लागि पर्याप्त रहेको बताइन् । उनले अब भने आफू कुनैपनि अभिनय गर्नका लागि आत्मविश्वास बढेको बताइन् । चलचित्रमा चुम्बन नेचुरल प्रसेस भएको बताइन् । उनले माया गर्ने व्यक्तिले अर्को माया गर्ने व्यक्तिलाई चुम्बन गर्ने भएकाले सामान्य रूपमा लिनुपर्ने बताइन् ।
साई प्रोडक्शन नेपालको ब्यानरमा ह्याम्साएर एकाउण्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ ।
चलचित्रमा विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई,पासाङ्ग लामा,बिकाश अधिकारी,सरोज खालिङ्ग राइ,सस्मिता गिरी,दिग्गज खत्री,सरोज कुमाल,धर्मानन्द आचार्य लगाएतको अभिनय रहेको छ। बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन्। चलचित्र असार ८ गते शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा
-
नेपाली र दक्षिण कोरियाली कविता वाचन
-
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा काभ्रे उमाविका शिक्षक पक्राउ
-
१० बजे १० समाचार : देउवालाई ८० सांसद देखाएर फकाउने प्रचण्डको दाउ, सुदूरपश्चिममा एमालेलाई धक्का
-
वडाध्यक्षले फेसबुकमा लेख्दा मेयरले स्पष्टीकरण सोधेपछि....
-
ईप्रका रामपुरका इन्स्पेक्टर ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित