नीति तथा कार्यक्रममा ‘अँध्यारो मुक्त बंगलाचुली’
दाङ । दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम पारित गरेको छ ।
भौगोलिक रुपमा दुर्गम मानिने गाउँपालिकाले दोस्रो गाउँसभामा आफ्नो नीति तथा कार्यक्रममा आगामी २ वर्षभित्र प्रत्येक घरमा बिजुलीबत्ति पु¥याउने घोषणा गर्दै गाउँपालिकाको अन्धकार हटाउने संकल्प लिएको छ ।
पहाडी भू–बनोटका कारण अझै पनि त्यहाँ धेरै बस्ती क्षेत्रमा बत्तीको पहुँच छैन ।
यस्तै, गाउँपालिकाले शिक्षाको अन्धकारलाई समेत हटाउने आफ्नो नीति कार्यक्रमको प्रमुख लक्ष्य रहेको उल्लेख गरेको छ ।
गाउँपालिका अध्यक्ष तुलसीराम पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले ‘हामी सबैको ईच्छाः विद्यार्थीलाई गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ विद्यालय जाने उमेर समूहका सबै वालवालिकालाई विद्यालयको पहुँच सुनिश्चित गर्दै शिक्षाको ज्योति छर्ने घोषणा गरे ।
त्यस्तै, आगामी चार वर्षभित्र ‘एक घर एक धारा’ पुु¥याउने लक्ष्यसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । यसका लागि स्थानीय पानीका मुहान संरक्षण गर्दै पर्यावरण संरक्षणमा समेत जोड दिने नीति तथा कार्यक्रममा समावेश छ । सिँचाई प्रवर्द्धनका लागि पनि कार्यक्रममार्फत् तय गरिएको छ ।
त्यस्तै, भौगोलिक वातावरण अनुकुलतामा आधारित टिमुर, किबी, कागती, सुन्तला, कफी खेतीको पकेट क्षेत्र निर्धारण गरी कृषिमा आधारित एक घर एक रोजगार लक्ष्य राखेको छ ।
कृषि र पशुपालनको व्यावसायिक सम्भावना बोकेको पहाडी गाउँपालिकाले रहेकाले एक वडा एक पशु र कृषि प्राविधिकको व्यवस्थापन कृषि र पशुपालन क्षेत्रको व्यवसायिक विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकालाई बृहत्तर रिङरोडमार्फत् सहरसँग जोड्ने तथा व्यावसायिक विकास स्थापित गर्ने लक्ष्य नीति तथा कार्यक्रममार्फत् तय गरेको छ । बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीति तथा कार्यक्रम पारित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा
-
राजधानीमा भएको आगलागीको घटनामा धनमाल जलेर नष्ट
-
भूकम्पबाट सङ्खुवासभामा एक घर भत्कियो
-
अम्बे कोशी सहकारी ‘समस्याग्रस्त’ घोषित, १३ हजार बचतकर्ताको ६१ करोड हिनामिना
-
खेलकुदमन्त्रीको गुनासो : खेलकुद संघहरूले देशको ऐन कानुन मानेनन्