आईसीसी एकदिवसीय विश्वकप छनोट
नेपाललाई तीन सय ४० रनको लक्ष्य
बिहीबार, ०७ असार २०८०, १६ : ३४

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजबाट तीन सय ४० रनको विजय लक्ष्य पाएको छ ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय ३९ रन बनाएको थियो ।