रामकुमार शर्माले भने–दुई दिनदेखि उपचार पाएको छैन, फेरि अनसन सुरु गर्छु
काठमाडौँ । नागरिकताको समस्या समाधानका लागि सात दिनदेखि आमरण अनसन बसेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा अस्पतालमा उपचार पाइरहेका छैनन् ।
असार १ गतेदेखि माइतिघर मण्डलमा आमरण अनसन सुरु गरेका शर्माको स्वास्थ्य बिग्रिँदै गएपछि असार ४ गते सरकारले वीर अस्पतालमा भर्ना गरेको थियो । तर अस्पतालले उपचारमा बेवास्ता गरेको कारण स्वास्थ्य अवस्था झन् बिग्रीँदै गइरहेको छ ।
अस्पतालमा पनि अनसनमै रहेका शर्माले भने, ‘अस्पतालमा भर्ना भएकै दिनदेखि इमर्जेन्सी वार्डको एउटा बेडमा छु, त्यहाँबाट कतै सारिएको छैन, सरकारले अहिलेसम्म मेरो उपचारको लागि आधिकारिक रुपमा मेडिकल टिम बनाएको छैन ।’ सुरुमा डाक्टरले ध्यान दिएपनि दुई दिनदेखि उपचारविहीन भएको बताउँदै उनले स्वास्थ्य अवस्था निरन्तर कमजोर हुँदै गएको बताए ।
वीर अस्पतालका व्यवस्थापनसँग कुरा गर्दा सरकारबाट उपचारको विषयमा कुनै खबर नआएका कारण व्यवस्थापन गर्न नसकिने जानकारी गराएको नेता शर्माले बताए । आफू संविधानसभाको एक जना सदस्य, नेपालको राजनीतिमा लामो योगदान हुँदाहुँदै पनि अस्पताल प्रशासनले यस्तो बेवास्ता गरेको भन्दै उनले सर्वसाधारणको के हालत होला भनी प्रश्न गरेका छन् । उनले बिहीबार बेलुका ६ बजेसम्म अस्पतालले मेडिकल टिम नबनाए आफू पुनः माइतीघरमा गएर आमरण अनसन सुरु गर्ने चेतावनी दिए ।
सदनबाट पारित नागरिक विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । तर सर्वोच्च अदालतमा त्यसमाथि मुद्दा पर्दा अन्तरिम आदेश भएको थियो । त्यही कारणले नागरिकता ऐन संसाधन नहुँदा नेता शर्मा आमरण अनसन सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा