बालेनले रोकेको शैक्षिक मेला असार ८ गतेदेखि फेरि सञ्चालन हुने

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रोकेको ८ औं कान्तिपुर हिसान एडु फेयर (शैक्षिक मेला) असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८,९ र १९ गते मेला पुनः सञ्चालन हुने भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला काठमाडौं महानगरका तर्फबाट गैरकानूनी ढंगले अवरोध सिर्जना गरी बाधा पु¥याएपछि कानूनी प्रक्रियामा गए उच्च अदालत पाटनका तर्फबाट मेला सञ्चालन गर्न अनुमति दिएसँगै मेला सञ्चालन गर्न लागेको बताए ।
उनले मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिनसक्ने बताए ।
उनले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी २०८० जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाका तर्फबाट गैरकानूनी ढंगले अवरोध सिर्जना गरी बाधा पु¥याइएकोले कानूनी प्रक्रियामा गइ सम्मानित उच्च अदालत पाटनका तर्फबाट प्राप्त मेला सञ्चालन गर्नु, गरुराउनु भन्ने अन्तरिम आदेश बमोजिम शैक्षिक मेला पुनः सञ्चालन गर्न लागिएको हो । शैक्षिक मेला २०८० असार ८, ९ र १० गते भृकुटीमण्डप काठमाडौंमा सञ्चालन हुँदैछ । तीन दिनसम्म निर्वाध रुपमा सञ्चालन हुनेछ ।’
गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो
-
नेमकिपाको महाधिवेशन : बिजुक्छेंको राजनीतिक प्रशिक्षण, १९ गते नयाँ नेतृत्व चयन
-
काठमाडौँमा चिनियाँ राष्ट्रपति सीले अघि सारेका विचारबारे छलफल
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते