बालेन र हर्कलाई पार्टीमा जोड्न पाए असाध्य राम्रो हुन्थ्यो : लामिछाने
_CA4htDsDEa.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगर मेयर बालेन साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई पार्टीमा जोड्न सकारात्मक रहेको बताएका छन् ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बालेन र हर्कलाई पार्टीमा जोड्न सके असाध्य राम्रो हुने बताए ।
२०८४ मा पार्टी स्वतन्त्रले साँच्चिकै स्वतन्त्रहरू हर्क बालेनलाई समेट्न सक्ला कि नसक्ला भन्ने प्रश्नमा उनले भने, ‘यो राम्रो हुन्थ्यो । त्यस्तो साथीहरूलाई हामीले जोड्न सके असाध्य राम्रो हुन्थ्यो ।’ उनीहरूलाई पार्टीमा जोड्ने चाहना रहेको भन्दै आफूहरू एक सय प्रतिशत सकारात्मक रहेको लामिछानेको भनाइ छ । ‘त्यो हाम्रो चाहना छदै छ । हाम्रो चाहना अनुरूप अन्य साथीहरूले पनि सोचिदिनु भयो भने हामी हाम्रो तर्फबाट एक सय प्रतिशत सकारात्मक छौँ,’ उनले भने ।
उनीहरूको कामको प्रशंसा गर्दै आएको उनको भनाइ छ । लामिछानेले भने, ‘ हाम्रो सम्बन्ध पनि सौहार्दपूर्ण नै छ । मैले उहाँको कामको निरन्तर प्रशंसा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।’ बालेन र हर्कलाई रास्वपाका जोड्न पाए आफ्ना लागि खुसीको कुरा हुने लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत
-
रास्वपाको महाधिवेशन फागुनमा हुने
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमोड गर्ने ६ जना पक्राउ
-
केपी ओली कप क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने
-
विदेश जाँदा परराष्ट्रमन्त्री भनेर इज्जत गर्छन्, तर देशको माहोल बिग्रियो – परराष्ट्रमन्त्री
-
नेपालमै पहिलो पटक ROYAL ENFIELD काे एबीएस सिस्टम बाइक बजारमा