नागरिकता विधेयक प्रमाणीकरण विवाद : आजै आदेश आउने

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा बहस गर्न ढिलोमा ४ः३० बजेसम्मको समय छुट्टाइएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बहसका लागि ४ः३० बजेसम्मको समय दिएका हुन् ।
बहसका लागि सुरुमा रिट निवेदकका तर्फबाट बिहान ११ः२५ बजेदेखि अपराह्न १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसै गरी सरकारी वकिललाई बहस गर्नका लागि अपराह्न १ बजेदेखि ३ बजेसम्मको समय दिइएको छ । खाजा समय भए पनि सुनुवाइ जारी रहने न्यायाधीश आनन्दमोहन भट्टराईले इजलासमा सर्कुलर जारी गरेका छन् ।
उक्त रिटमा सरोकारवालाको तर्फबाट बहस गर्न अपराह्न ३ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ । सबैको बहस सकिएपछि जवाफ दिनुपर्ने भएमा वा थप प्रस्ट पार्नुपर्ने भएमा रिट निवेदकहरुलाई थप आधा घण्टाको समय दिइएको छ । यसरी ढिलोमा ४ः३० बजेसम्ममा बहस सक्न न्यायाधीश भट्टराईले सर्कुलर जारी गरेका छन् ।
बिहान ११ः२५ बाट सुरु भएको बहसमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बहस सकाएका छन् । त्यसपछि वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रमाणीकरणका विरुद्ध बहस गरेका छन् ।
पूर्ववर्ती सरकारले पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेकोमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि त्यसको विरुद्धमा रिट परेको थियो । राष्ट्रपति पौडेलले कानुन र संविधान विपरीतको काम गरेको भन्दै प्रमाणीकरण विरुद्ध रिट परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी