राजनीति
स्वर्णिम वाग्लेपछि अनिल केशरी शाहलाई रास्वपाले पार्टीमा भित्र्यायो
बिहीबार, ०७ असार २०८०, ११ : २८
१

काठमाडौँ । पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश गरेका छन् । वैकल्पिक राजनीतिको पक्षमा लामो समयदेखि बहस गर्दै आएका उनी अन्ततः रास्वपाको पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश गरेका हुन् ।
रास्वपाले चर्चित अनुहारहरुलाई पार्टीमा भित्र्याउने अभियानकै रुपमा चलाउँदै आएको छ । जसअनुसार रास्वपाले चुनावअघि स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएको थियो । रास्वपाकै टिकटबाट स्वर्णिम सांसद समेत उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।
गत असार ७ गते रास्वपा रवि लामिछानेका नेतृत्वमा स्थापना भएको थियो । जसको आज एक वर्ष पुग्दा रास्वपा चर्चाको केन्द्रमा रहेको छ । रास्वपाले वार्षिकोत्सवको अवसरमा चियापानको कार्यक्रम आयोजना गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा