थारू रत्न तथा थारू गौरवबाट विभिन्न ११ व्यक्ति सम्मानित

काठमाडौं । थारू आयोगले थारू समुदायका लागि योगदान दिने ११ जनालाई थारू रत्न तथा थारू गौरवबाट सम्मान गरेको छ ।
बुधबार थारू आयोगले औपचारिक कार्यक्रम गरी सम्मान गरेको हो । थारू रत्नले सम्मनित हुनेमा स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डे, थारू संस्कृतिविद्द्वय महेश चौधरी र भुलाई चौधरी तथा महिला सशक्तीकरणअन्तर्गत सुनसरीस्थित फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था रहेका छन् ।
त्यस्तै, थारू गौरव सम्मानअन्तर्गत पत्रकारिता विधामा रातोपाटीकर्मी कृष्णराज सर्वहारी, खेल विधामा जयरानी थारू, साहित्य विधामा बमबहादुर थारू, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, कमलरी अभियन्ता उर्मिला चौधरी, गायकद्वय गीता चौधरी र राज कुश्मी ७ जना सम्मानित भएका छन्् ।
सम्मानित हुनेहरुलाई सम्मान पत्रका साथै बुद्धको मूर्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्मनित हुनेहरु डा राजन पाण्डे, भुलाई चौधरी, कृष्णराज सर्वहारी, उर्मिला चौधरी, राज कुश्मी तथा फरवार्ड माइक्रो फाइनान्सको तर्फबाट संघीय सांसद भगवती चौधरीले आआफ्नो मन्तव्य राखेका थिए ।
थारू आयोगका अध्यक्ष विष्णु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य डा उमाशंकर प्रसाद चौधरीले २०७८ सालको जनगणनामा थारू जातिको जनसंख्या तथा भाषाबारे प्रस्तुति दिएका थिए । यस पालीको जनसंख्यामा राना थारूलाई अलग भाषी, जातिमा सूचीकरण गरिएकोमा थारूको जनसंख्या प्रतिशत घटेको छ ।
राना थारूलाई अलग भाषी, जातिमा सूचीकरण गरिएकोमा यसलाई सच्याउन थारू आयोगले यसअघि नै विज्ञप्ती जारी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
-
सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष