बैंकमा तरलता बढी भएपछि सरकारलाई सस्तोमा ऋण

काठमाडौं । बैंकिङ प्रणालीमा मुलुकको लगानीयोग्य पूँजी (तरलता) सहज भए पनि सो अनुसार कर्जाको माग नहुँदा सरकारका लागि आन्तरिक ऋणको ब्याज सस्तो भएको छ । बैंकहरूले कम ब्याजदरमै सरकारको अल्पकालीन तथा मध्यकालीन ऋणपत्रमा लगानी गर्न थालेपछि सरकारले उठाउने ऋणको ब्याज सस्तो भएको हो ।
सरकारले १ वर्षभन्दा कम अवधिको ऋण उठाउने औजार ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्ष (आव) कै न्यून विन्दुमा झरेको छ । मंगलवार नेपाल राष्ट्र बैंकले ३० अर्ब ८६ करोडको ट्रेजरी बिल्स विक्रीका लागि बोलकबोल आह्वान गरेकोमा बैंकहरूले चालू आवकै न्यून ब्याजदरमा खरीद गरेका छन् ।
मंगलवार राष्ट्र बैंकले २८ दिनको १० अर्ब, ९१ दिनको ९ अर्ब ५३ करोड, १८२ दिनको ६ अर्ब ३३ करोड र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो । यो समाचार आर्थिक अभियान दैनिकमाम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल