मेलम्चीमा ‘बेलिब्रिज’ जडान गर्न सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तीन पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण कार्य सुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ जडान कार्य सुरु गरिएको हो ।
आजदेखि सेटिङ आउटको काम सुरु भएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिए ।
निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धताअनुसार केही समय ढिलो गरेर बेलिब्रिज जडान सुरु गरिएको यस कार्यमा समन्वय गरिरहेका नेपाली कांगे्रसका मेलम्ची नगर उपसभापति रामशरण गिरीले जानकारी दिए ।
वर्षायाममा यहाँका नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले अबको करिब दुई साता जतिमा जडान सम्पन्न गरिने सेनाले जनाएको छ ।
मेलम्चीपारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिने छन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रूपमा समेत यस सडक प्रयोग हुँदै आएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङको पहल र निरन्तर प्रयासपछि मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।
विसं २०७८ असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको छ ।
यस स्थानमा पक्की पुलका लागि पनि प्रदेश सरकारबाट केही बजेट विनियोजन भएको मेलम्ची नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन