बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

राजसंस्था फर्किने आशा जीवित छ : सांसद जबरा

बुधबार, ०६ असार २०८०, १८ : १७
बुधबार, ०६ असार २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका छन् ।  

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका हुन् । उनले हिन्दु राष्ट्र कायम हुनुपर्ने पनि बताए । उनले उहाँले आफूहरु देश उदार प्रजातन्त्रबाट मात्रै विकसित हुन्छ भन्ने सोचमा रहेको बताए ।  

सांसद जबराले राप्रपासँग विचार मिल्नेहरुसँग मिलेर अगाडि बढ्ने सम्बन्धमा पनि सोचिरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप