घट्यो आन्तरिकतर्फको हवाई भाडा (सूचीसहित)

काठमाडौँ । आन्तरिकतर्फको हवाई भाडा घटेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार डोमेस्टिक उडानतर्फको फ्यूल सर्जाइकल चार्ज घटाएसँगै हवाई भाडा घटेको हो ।
प्राधिकरणले जारी गरेको नयाँ फ्यूल सर्जाइकल मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँले सस्तिएको छ । योसँगै काठमाडौं–धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ । यसअघि यस गन्तव्यको फ्यूल सर्जाइकल चार्ज ७ हजार ७० रुपैयाँ रहेको थियो भने सबैभन्दा कम काठमाडौं–सिमराको फ्यूल सर्जाइकल चार्ज ९० रुपैयाँले घट्न पुगेको छ ।
यसअघि काठमाडौं–सिमरा चार्ज एक हजार ४४० रुपैयाँ रहेकोमा भाडा घटेसँगै एक हजार ३५० रुपैयाँ कायम भएको छ । मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएसँगै हवाई भाडा समेत समायोजन भएको हो ।
अन्य कुन गन्तव्यको भाडा कतिले घट्यो ? (सूची)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा