जनगुनासो सम्बोधन गर्नका लागि समाजवादी मोर्चा बनाइएको हो: सांसद शर्मा (भिडियोसहित)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले जनताको जनगुनासोहरूलाई सम्बोधन गर्नका लागि समाजवादी मोर्चा नेपाल बनाइएको बताएकी छन् ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले जनताको जनगुनासोहरूलाई एक ठाउँमा केन्द्रित गरी एक ठाउँमा उभिएर मुकाबिला गर्नका लागि समाजवादी मोर्चा बनाइएको बताइन् ।
उनले सत्ता टिकाउनको लागि मात्रै मोर्चा नबनाएको बताइन् । मोर्चाले सरकार सञ्चालनमा सहयोग नै पुग्ने उनको भनाई छ । उनले देशमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्न दलहरू एक ठाउँमा उभिएर अघि बढ्दा सहज हुने भएकाले मोर्चा बनेको बताइन् । उनले मोर्चामा आबद्ध दलहरू सडक, सदन र सरकारमा एक भएर अघि बढ्ने बताइन् ।
सांसद शर्माले नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकीकरण गरेर माओवादी केन्द्रको महासचिव बनाउने भनेर नफकाइएको बताइन् । उनले विप्लव विगतमा माओवादी आन्दोलनकै नेतृत्व भएको भन्दै एकीकरण भएको खण्डमा पार्टीले जुनसुकै जिम्मेवारी दिनसक्ने बताइन् ।
उनले भनिन्, ‘उहाँ(विप्लव) हिजो माओवादी पार्टी भित्रकै उत्पादन हो । माओवादी आन्दोलन भित्रको जनयुद्धको उत्पादन हो । उहाँ यहाँको नेतृत्व पनि हो । उहाँले एउटा ढंगले नेतृत्व गर्दै जनयुद्धमा हिँडेको पनि हो । तर विविध कारणले पार्टी टुटफुट भयो । क्रमशः हिजो जनयुद्धको शक्ति थियो नि, त्यो क्रमशः एक ठाउँमा केन्द्रित हुँदै छ । त्यसको एउटा उपजको रूपमा त्यसलाई बुझ्नुपर्छ । अहिले पार्टी नै एक ठाउँमा आएको त होइन । मोर्चामा आउँदाखेरी शक्ति केन्द्रित हुने कुरा, एक ठाउँमा उभिने कुरा हो । यो देला, ऊ देला भनेर होइन । भोलि उहाँ यहाँको नेता हो । यो पार्टीमा आउँदा उहाँलाई जुनसुकै जिम्मेवारी पार्टीले दिन सक्छ । उहाँले वहन गर्न सक्नुहुन्छ । त्यो पार्टीले दिने कुरा हो भोलि आइसकेपछिको । अहिले फकाएर ल्याएको विषय होइन ।’
सांसद शर्माले कोशी प्रदेशलाई प्रदेश सरकारको दुई तिहाइले नाम पारित गरेको भन्दै कसैले सो नाम लिन आनाकानी गर्नु नहुने बताइन् ।
भिडियो हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह