नयाँ नेपाली चलचित्र डिशहोममा हेर्न पाइने
बुधबार, ०६ असार २०८०, १६ : १२

काठमाडौँ । यो वर्षभरि रिलिज भएका सफल नेपाली चलचित्रहरू डिशहोममा प्रदर्शन हुने भएको छ । विभिन्न कारणवश हलसम्म गएर मनपरेको चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोम मार्फत सपरिवार एकै साथ बसेर हेर्न पाउने भएका हुन् ।
प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकाश, कृष्ण लीला, माइकल अधिकारी, नाइँ नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ जस्ता नयाँ र दर्शकहरूले अत्यधिक रुचाएको चलचित्रहरू डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरमार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ
-
आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरूलाई निर्देशन
-
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’
-
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’
-
वैशाख १७ गते जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा हुने