पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
कास्की । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरुले जागरुकता देखाउनुपर्ने बताएका छन् । बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उडान नियमित रुपमा गर्न सकेमात्रै पर्यटन प्रवद्र्धन हुने बताए । उनले आजको खुशीयालीलाई नियमित रुपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले साझा प्रयत्न गर्न आवश्यक रहेको उल्लेख गरे ।
उनले पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरुले कान ढालेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने उल्लेख गरे । ‘अब धेरै तयारी गरेर यो उडानलाई नियमित गर्नुछ । आज उद्घाटन भएको ६ महिनापछि एउटा अन्तर्राष्ट्रिय उडान आउने चार्टड गरेर अर्को ६ महिनामा अर्को चार्टड उडान आउने भयो भने केही अर्थ हुँदैन । आजको खुशीयाली धेरै टिक्दैन’ उनले भने, ‘यो खुशीयालीलाई सधैँ कायम राख्नका लागि सबै पक्षले पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रीय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले सबैले पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकारीहरुले सबैले साझा प्रयत्न गराै । कान ढालेर बसेर हुँदैन ।’
उनले भारतसँग जमिनको खुला सीमाना भएजस्तै आकाशमा पनि खुला सीमाना बनउनेतर्फ सोच्नुपर्ने बताए । उनले आकाश खुला भए आवातजावतमा पनि सहज हुने बताए । उनले कुनैपनि देशका हवाई कम्पनीहरु फाइदा बिना उडान नभर्ने भन्दै पर्यटन पूर्वाधार विकास गर्न आवश्यक रहेको बताए ।
‘हामीले चीनबाट, बाहिरबाट विमान ल्याइदिनुस् भनेर मात्रै हुँदैन । पहिलो कुरा जसरी भारतसँग हाम्रो खुला सीमाना छ । खुला सीमानामा आवतजावत गरेका छौं । आकाश पनि त्यत्तिकै खुला र निर्वाध ढंगले आवतजावत भइदियो भने अरु विमानहरु आउने रुटहरु खुला हुन्छ,’ तिमिल्सिनाले भने, ‘त्यसतिर हाम्रो ध्यान जानुपर्छ । कुनैपनि देशका कुनै पनि कम्पनीका एयरलाइन्सहरु घाटामा उडिरहँदैनन् । उसलाई नाफा हुनुपर्छ । त्यसका लागि हामीले पर्यटन पूर्वाधार निर्माण गर्नुपर्छ ।’ नेपाल चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसकेपनि नेपालले भने अहिलेसम्म कुनै चासो नदेखाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई