कीर्तिमानी २ सयौँ खेलमा रोनाल्डोको विजयी गोल
रेकिभिक । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २ सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो पुरुष खेलाडी बनेका छन् । युरो २०२४ छनोट अन्तरर्गत आइसल्याण्डविरुद्धको खेलमा रोनाल्डोले यो कीर्तिमान बनाएका हुन् ।
खेलमा रोनाल्डोकै एक मात्र गोल निर्णायक बन्यो । ३८ वर्षीय खेलाडीले खेलको ८९ औँ मिनेटमा गोन्कालो इनासियोको पासमा गोल गर्दै टोलीलाई जीत दिलाए । गोललाई सुरुमा अफसाइड करार गरे पनि भिडियो एसिस्टेट रेफ्रीले उक्त निर्णयलाई उल्टाएका थिए ।
योसँगै रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा आफ्नो कीर्तिमानी गोल सङ्ख्या १२३ पुर्याएका छन् । रोनाल्डोले कुवेतका फरवार्ड बाडेल अल–मुतावाको १९६ खेलको रेकर्ड गत मार्चमा तोडेका थिए । गिनिज बुक अफ वर्ल्ड रेकर्डले खेलअघि रोनाल्डोलाई सर्टिफिकेट समेत हस्तान्तरण गरेको थियो ।
सन् २००३ मा पोर्चुगलका लागि डेब्यु गरेका रोनाल्डोले देशका लागि लागि खेल्न थालेको २० वर्ष पुगेको छ । उनले यसबीचमा स्पोर्टिङ लिसबन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र साउदी अरबको अल–नासेरबाट व्यावसायिक फुटबल खेलेका छन् । यस क्रममा उनले ५ पटक बालोन डि’ओरको उपाधि पनि हात पारेका छन् ।
युरोपियन छनोटमा उनको पाँचौँ गोलको मद्दतले पोर्चुगलले ४ खेलमा चारवटामै जीत हासिल गर्न सफल भएको छ । समूह जेमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेवान्डोस्की चम्किएपछि घरेलु मैदानको फाइदा उठायो बार्सिलोनाले
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म