ट्रेड युनियन कांग्रेसको वरिष्ठ उपाध्यक्षमा कार्कीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संंस्था नेपाल ट्रेड युनियन कांग्रेसको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्कीले उम्मेदवारी दिएका छन् । ट्रेड युनियन कांग्रेसको सातौं राष्ट्रिय महाधिवेशनमा कार्की वरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका हुन् ।
महेन्द्रप्रसाद यादवको प्यानलबाट कार्कीले उम्मेदवारी दिएका छन् भने उनको प्रतिपस्पर्धीका रुपमा योगेन्द्रकुमार कुवँरको प्यानलबाट अयोध्याप्रसाद यादव मैदानमा आएका छन् । कार्की वर्तमान कार्यसमितिको उपाध्यक्ष हुन् ।
उनी २०४६ सालको जनआन्दोलन पश्चात् २०४७ सालबाट गठित युनियनको संस्थागत सचिव भएका थिए । २०५० सालमा सम्पन्न अधिवेशनबाट नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समिति अध्यक्षमा निर्वाचित भएका कार्की २०५० सालमा सम्पन्न तत्कालीन अन्तर संस्थान कर्मचारी संघको निर्वाचनमा केन्द्रीय महासचिव बने ।
नेपाल ट्रेड युनियन कांग्रेसको तेस्रो महाअधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी चौथो महाअधिवेशनमा उपमहासचिव र छैठौ महाअधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएको थिए । नेपाल ट्रेड युनियन कांग्रेस महाधिवेशनमा श्रम अदालत, मजदुर अस्पताल लगायतका मुद्दा बन्दशत्राट पास गरेको कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीमा खटन नमानेपछि लाहोरका एक सयभन्दा बढी सुरक्षाकर्मी पदबाट बर्खास्त
-
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई बागतीमा छाडियो
-
उडिरहेको विमानमा एक यात्रीको मृत्यु, शवसँगै चार घण्टा बसेका अर्का यात्री के भन्छन् ?
-
शिव मन्दिर जाँदै गरेका यात्रु सवार गाडी कालीगण्डकी नदीमा खस्यो
-
भोलिदेखि तीन दिनसम्म काठमाडौँका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
-
पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ