तीस हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने
मङ्गलबार, ०५ असार २०८०, २२ : ३९

कीभ । युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले यस वर्ष युक्रेनको सशस्त्र बलका ३० हजारभन्दा बढी सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ ।
“सन् २०२३ मा युक्रेनका लागि युरोपेली सङ्घको सैन्य सहायता कार्यक्रमले ३० हजार युक्रेनी सशस्त्र बलका जवानलाई तालिम दिने योजना बनाएको छ,” कीभस्थित रक्षा मन्त्रालयले भनेको छ ।
ईयूका अधिकारीहरूले ३० हजार युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिने प्रतिबद्धता यस वर्षको फेब्रुअरीमा नै व्यक्त गरेका थिए ।
ब्रसेल्सले युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई आगामी चार वर्षमा युक्रेनलाई सहयोग गर्न ५० अर्ब युरो (५५ अर्ब डलर) को प्याकेजलाई समर्थन गर्न आग्रह गरेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)