रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष समाचार
आज २०८० असार ५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
संसद्मा हङ्गामा
मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मंगलबार सहरी विकास, खानेपानी, अर्थ र श्रम तथा रोजगार मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफल भइरहेको थियो । सहरी विकास मन्त्रालय अन्तर्गतको छलफलका क्रममा बजेट पुस्तकमा त्रुटि भेटिएपछि एमाले सांसद सूर्यबहादुर थापाले नियमापत्ति गरे । सांसद थापाले बजेट पुस्तकमा प्रदेशको नाम नलेखेर संविधानको उल्लङ्घन गरेको बताए । उनले प्रदेश सभाले बहुमतले पारित गरेको लुम्बिनी प्रदेशको नाम बजेट पुस्तकमा नहुनु संविधान विरोधी काम रहेको बताउँदै सो मन्त्रालय अन्तर्गतको बजेट शीर्षकको छलफल कार्यसूचीबाट हटाउन माग गरे ।
दूतावासलाई निर्देशन
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताएका छन् । मंगलafर प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले भारतले बनाएको नयाँ संसद् भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरू पनि समेटिएको विषयमा भारत सरकारको आधिकारिक धारणा आएको बताएका हुन् ।
पोखरा विमानस्थलमा चिनियाँ जहाज
जनवरी १, २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भाेलि बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने भएको हो ।
कोल्ड वार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा चर्चित मन्त्रीमध्येका एक हुन् सुदन किराती । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालिरहेका उनै मन्त्री पछिल्लो समय एकपछि अर्को चर्चा र विवादमा समेत तानिन थालेका छन् ।
संसद्मा हङ्गामा
असार १ मा सशस्त्र प्रहरी गण नम्बर–१६ मा कार्यरत सहायक हवल्दार विजय नकर्मी झुन्डिएको अवस्थामा भेटिए । गण नम्बर–१६ स्थित काभ्रेको कार्यालय भवनको छतको पिल्लरमा डोरी लगाएर उनी झुन्डिएका हुन् । नकर्मी २०६३ मा भर्ना भएका थिए । भर्ना भएको १६ वर्षसम्म उनी सहायक हवल्दार भन्दा माथि पुग्न सकेका थिएनन् । डिप्रेसनको औषधी खाने गरेका नकर्मीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयबाट खटिएको टिमले मनोपरामर्श पनि दिएको थियो । नकर्मी बेलाबेलामा भनिरहन्थे–‘राजीनामा दिन्छु ।’
मन्त्री सिंहको निधन
सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत उनको निधन भएको हो ।
विप्लव कसरी समेटिए मोर्चामा ?
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्था मान्ने पार्टीहरुसँग पहिलो पटक सहकार्य गर्दैछ । २०६९ सालमा तत्कालीन एकीकृत माओवादीबाट अलग भएपछि विप्लवले पहिलो पटक संसदीय व्यवस्था मान्ने पार्टीसँग मोर्चाबन्दी गरेका हुन् ।
नेपालले अमेरिकालाई हरायो
आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले जित हासिल गरेको छ । उक्त खेलमा नेपाल ६ विकेटले विजयी भयो । नेपालले अमेरिकालाई हराउन ठुलै संघर्ष गर्नु पर्यो । केवल दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा चार विकेट गुमाएर दुई सय ११ रन बनाउँदै लक्ष्य पार गरेको थियो ।
कर छुट
सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिुर्नपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।
हवाई इन्धनको मूल्य घट्य
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । हवाई इन्धनको नयाँ मूल्य केही मात्रामा घटेर आएको बताउँदै निगमले मूल्य समायोजन गरेको जानकारी दिएको हो ।