आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
इन्धनको मूल्य

हवाई इन्धनको मूल्य घट्यो

मङ्गलबार, ०५ असार २०८०, २० : ३२
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । हवाई इन्धनको नयाँ मूल्य केही मात्रामा घटेर आएको बताउँदै निगमले मूल्य समायोजन गरेको जानकारी दिएको हो ।

निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (करिब २६ रुपैयाँ प्रति लिटर) ले घटाएको हो ।

मूल्य समायोजन पश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्य प्रति लिटर ३.६९ रुपैयाँले सस्तो रहेको निगमले जानकारी दिएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप