सुशासनका पक्षमा दूरगामी निर्णयहरु भएका छन् : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देश बनाउन सबैको हातेमालो चाहिने बताएका छन् ।
मन्त्रालयले आयोजना गरेको प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले नवीनतम सोचका साथ आफूले मन्त्रालयको नेतृत्व सम्हालेकाले नयाँ ढंगबाट कर्मचारी प्रशासनलाई अगाडि बढाउनेगरी कार्ययोजना निर्माण भइरहेको बताए ।
उनले भने, “नवीनतम सोच र प्रयोगबाट सेवा प्रवाहलाई सरलीकृत बनाउनुपर्ने आजको आवश्यकतालाई निजामती प्रशासनले अंगीकार गर्न जरुरी छ ।”
सुशासनका पक्षमा दूरगामी निर्णयहरु भएको औँल्याउँदै मन्त्री मोदीले संघीय निजामती ऐनका सबै काम सकेर सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको बताए ।
समयमा सेवा प्रवाह नपाउँदा नागरिकमा गुनासो बढिरहेकाले नागरिकलाई सहज र सरल ढंगबाट सेवा प्रवाह दिने सन्दर्भमा ध्यान दिन आवश्यक रहेको मन्त्री मोदीको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ