फिल्म निर्देशन गर्दै विजय लामा

काठमाडौँ । कलाकार तथा पाइलट विजय लामाले फिल्म निर्देशन गर्ने भएका छन् । उनी ‘निरमाया’ भन्ने फिल्मबाट निर्देशनमा होमिन लागेका हुन् । फिल्म निर्माणको लगभग तयारी सकिएको उनले बताए ।
‘टेलिसिरियल, म्युजिक भिडियो, विज्ञापन फिल्म निर्देशक र धेरै अभिनय गरेको अनुभव छ मसँग । त्यो सबै अनुभव निर्देशनमा खन्याउन खोज्दै छु’, विजयले रातोपाटीसँग भने ‘‘निरमाया’ भन्ने फिल्मको तयारी लगभग सकिएको छ । यसबाटै फिल्म निर्देशनमा मेरो डेब्यु हुन्छ कि ।’ फिल्मको विषयमा विस्तृत जानकारी पछि दिने उनले बताए ।
विसं २०४० को फिल्म ‘आदर्श नारी’बाट अभिनेताको रूपमा यात्रा सुरु गरेका विजयको अभिनय यात्रा अहिले पनि जारी छ । उनी अभिनीत पछिल्लो फिल्म ‘अन्तिम संस्कार’ अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
अहिलेसम्म ६० बढी नेपाली फिल्म, हलिउड फिल्म, थुप्रै म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनय गरेका उनले हिरोदेखि भिलेनसम्म, सहायकदेखि चरित्र अभिनेतासम्म अभिनय गरेका छन् । उनी गायक पनि हुन् ।
टेलिभिजन प्रस्तोताको रुपमा समेत आफूलाई अगाडि देखाइसकेका लामाले म्युजिक भिडियो र विज्ञापन फिल्म भने निर्देशन गरेका छन् । निर्देशकको रुपमा काम गर्न उनीसँग ‘निरमाया’को अलावा केही प्रोजेट छ । जसको होमवर्क उनले गरिरहेको बताए।
नेपालमा ठूला जहाज उडाउने ४ जनामात्र पाइलट छन्, तीमध्येका एक हुन् विजय । सन् १९८५ देखि पाइलट पेसामा आबद्ध उनी पाइटल र कलाकारिता सँगसँगै अगाडि बढाइ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने