वित्तीय क्षेत्रमा उद्यमीको पहुँच बढाउन बैकर्स संघ र यूएसएआईडीबीच सम्झौता
_OD0gtlt9le.png)
काठमाडौँ । नेपाल बैंकर्स संघ तथा युएसएआईडी ट्रेड एण्ड कम्पेटिटिभनेसबीच उद्यमी तथा व्यवसायीको वित्तीय क्षेत्रमा पहुँच बढाउने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल केसी र युएसएआईडीका तफएबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयहरुमा संवाद सञ्चालन गरिनेछ । यस्तै, नीतिगत मुद्दाहरू र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालाहरूसँग छलफल गरी उनीहरुको क्षमता अभिवृद्धि तथा अध्ययन अनुसन्धानमा जोड दिनेछन् ।
प्रमुखतः यो सहकार्यले साना तथा मझौला उद्यमी र विशेष गरी पिछडिएको वर्गलाई वित्तीय समावेशीतामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ । बैंक तथा वित्तीय संस्थाहरुको बिच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकिङ्ग कारोबारसँग सम्बन्धित नीति तथा पद्घतिमा एकरुपता कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुको एउटा साझा संस्थाको रुपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो ।
त्यसैगरी यूएसएआईडी परियोजना व्यवसायीक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, लघु, साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको कृषि, पर्यटन, डिजिटल सेवा लगायतका क्षेत्रबाट सहभागिता बढाउन विभिन्न निजी तथा सरकारी निकायहरूसँगको सहकार्यमा अघि बढाइएको परियोजना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
भूकम्पको धक्का महसुस
-
सहकारी ठगि : एमालेबाट जिसस प्रमुख निर्वाचित थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड विगोसहित मुद्दा दायर
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान